‘कोरोना भाइरस’अहिलेसम्म नेपालमा देखिएको छैन : स्वास्थ्य मन्त्रालय

Health-Education

काठमाडौं, ९ माघ । सरकारले ‘कोरोना भाइरस’ अहिलेसम्म नेपालमा नदेखिएको तर सर्तकता अपनाइएको जनाएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ‘कोरोना भाइरस’का सम्बन्धमा भएको छलफलमा सरकारले अहिलेसम्म नेपालमा नदेखिएको तर सर्तकता अपनाइएको जनाएको हो ।

छलफलपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्प डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय भएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डाक्टर वासुदेव पाण्डेले जानकारी दिनुभयो ।

उहाँले अहिलेसम्म डराउनुपर्ने अवस्था नरहेको भएपनि कोरोना भाइरस स्वासप्रस्वासबाट सर्ने भएकाले डरलाग्दो भएको उल्लेख गर्नुभयो ।

डाक्टर पाण्डेले रुघाखोकी लागेको व्यक्तिको सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनु भयो ।