लाइसेन्सको अनलाइन फारम प्रणाली ह्याक

News

सवारीचालक अनुमति पत्रको अनलाइन फारम प्रणाली ह्याक भएको छ।बुटवल, पोखरालगायत ठाउँको अनलाइन फारम प्रणाली ह्याक भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागको आइटी डिपार्टमेन्टले अनलाइन फारम प्रणाली ह्याक भएको आशंकामा हालको लागि अनलाइन फारम बन्द गरेको छ। काठमाडौंमा समेत ह्याक भएको हुनसक्ने विभागको आशंका छ। हाल यातायात व्यवस्था विभागको आईटी डिपार्टमेन्ट अनलाइन प्रणाली परिमार्जन गर्न प्रयासरत रहेको जनाइएको छ ।