शाहिन बागमा दिल्ली पुलिसको हस्तछेप

International

शाहिन बागमा नागरिकता कानूनको बिरूद्ध प्रदर्शनकारीहरूलाई दिल्ली पुलिसले मंगलबार बिहान कोरोनाभाइरसको प्रकोपको कारण हस्तछेप गरी खाली गरेको छ । भारतमा महिला आन्दोलनकारीहरूले नयाँ संशोधित नागरिकता ऐनको विरोध गर्दै बिगत तीन महिना देखि प्रदर्शन गर्दै आएका थिए । पुलिस उपायुक्त (दक्षिणपूर्व) आर पी मीनाले शाहीन बागको विरोधस्थलमा कोरोनाभाइरसको प्रकोपको कारण ठाउँ खाली गर्न अनुरोध गरिएको दिल्ली पुलिसका उपायुक्त आर पी मीनाले बताएका छन । शाहिन बागमा नागरिकता कानूनको बिरूद्ध भैरहेको प्रदर्शनले भारतको बिजेपी सरकार माथि ठुलो दबाब को श्रीजना गरिरहेको थियो । साथै यो आन्दोलनलाइ नागरिकता कानूनको बिरूद्ध भारतमै एउटा नमुना अभियान को रुपमा हेरिएको थियो