Corona

कोरोना आशंकाका बिरामी जाँच्न नमान्ने ग्राण्डी र अल्का अस्पतालमाथि कारबाही

Health-Education

कोरोना भाइरस शंकास्पद बिरामीलाई उपचार गर्न नमानेको भन्दै राजधानीका दुई निजी अस्पताललाई स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण लिएको छ ।

मन्त्रालयले ग्रान्डी अस्पताल र अल्का अस्पताललाई स्पष्टीकरण सोधेको छ ।ती दुई अस्पतालले विभिन्न सञ्चारमाध्यममा कोरोना भाइरसको उपचार नगरिने खालका अभिव्यक्ति दिएको भन्दै मन्त्रालयले स्पष्टीकरण लिएको हो। ग्रान्डी अस्पतालका प्रमुख चक्रराज पाण्डेले एक टेलिभिजन कार्यक्रममा र अल्काका प्रमुख कुमार थापाले एक अनलाइन सञ्चार माध्यममा त्यस्तो अभिव्यक्ति दिएका थिए।