TIA

फ्रान्सेली दूतावासद्वारा आफ्ना ५८ नागरिकको उद्दार

International News

मंगलबारबाट नेपाल सरकारले एक साता ‘लकडाउन’ गर्ने घोषणा पश्चात ५८ जना फ्रान्सेली नागरिक पोखरामा नै अलपत्र परेका थिए।

काठमाडौँस्थित फ्रान्सेली दूवासले आफ्ना देशका नागरिकलाई उद्दार गर्न बुद्ध एयरको जहाज चार्टर गरेर केहि समय अगाडी पोखराबाट काठमाडौँ ल्याएको छ। । उद्दार गरिएकामा २४ जना पुरूष, ३३ महिला र एक बच्चा छन् ।

मंगलबारबाट सम्पूर्ण आन्तरिक उडान बन्द भएपनि फ्रान्सेली दूवासले बिशेष अनुमति लिएर काठमाडौँबाटै बुद्ध एअरको जहाज पोखरा लागेको थियो। उनीहरुलाई आज काठमाडौँका होटलमा राखिने छ भने स्वदेश फिर्ता लैजान फ्रान्सबाट चार्टर जहाज पठाउने तयारी भईराखेको छ।

त्यस्तै लुक्लामा अलपत्र परेका रहेका विदेशी पर्यटकहरूलाई आज विशेष उद्धार उडानबाट काठमाडौं ल्याइएको छ। तारा एयरको ट्वीनेतर बिमान मार्फत पर्यटकहरूलाई काठमाडौं ल्याइएको थियो।

उद्धार गरिएको मध्ये पाँच फ्रान्सेली र अन्य विभिन्न देशका अन्य छन्। उनीहरुलाई अहिले एभरेस्ट होटेल होटल, बानेश्वरमा राखिएको छ।