वर्ल्डलिंकका संस्थापक बिजय जलानको कोरोनाबाट निधन

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका संस्थापक तथा निर्देशक बिजय जलानको कोरोना संक्रमणबाट निधन भएको छ। कोरोना संक्रमण पुष्टि भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत उनको आज बिहान ८ बजे मृत्यु भएको हो। उनको आइसियूमा उपचार भइरहेको थियो। महोत्तरी जिल्लाको जलेश्वरमा जन्मिएका ४६ वर्षीय जलानको श्रीमती र एक छोरा छन्।

Continue Reading

बहराइनी राजकुमार सगरमाथाको चुचुरोमा

काठमाडौं । बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको छ । सगरमाथाको आधार शिविरमा रहेकी विभागका निर्देशक मीरा आचार्यले सामाजिक सञ्जालमा पोष्ट गरेकी […]

Continue Reading

प्राइम कमर्सियल बैंकमा आगलागी हुँदा ४० लाखको क्षति

चितवन । भरतपुर महानगरपालिका–१० चौबीसकोठीमा रहेको प्राइम कमर्सियल बैंकमा आगलागी हुँदा ४० लाख रुपैयाँ हाराहारीको क्षति भएको छ । सोमबार साँझ एक्कासि आगलागी हुँदा अनुमानित ४० रुपैयाँ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो । कार्यालयका अनुसार आगलागीबाट बैंकको १० थान कम्प्युटर, १० थान विभिन्न किसिमका प्रिन्टर, दुई थान फोटोकपी मेसिन, टेलिफोन […]

Continue Reading

ट्रकको ठक्करबाट दम्पतीको मृत्यु

काठमाडौं । सप्तरीमा साइकल दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल र उनकी श्रीमती ४० वर्षीया सुनीतादेवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ३८६१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको […]

Continue Reading

आफ्नै घरमा बसिरहेको बेला चट्याङ लाग्दा एक जनाको मृत्यु

काठमाडौं । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । दिपायलसिलगढी नगरपालिका-५ गैरा बस्ने ५० वर्षीय पदमे मलासी आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा सोमवार साँझ घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Continue Reading