ठोरीमा २ सातादेखि बाघ आतंक

पर्सा — दुई सातायता ठोरी गाउँपालिका–३ रामनगर र वडा नम्बर ४ ठाडोलाइनमा बाघको आतंक बढेको छ । बाघको डरले स्थानीय दिउँसै हिँडडुल गर्न पनि डराएका छन् । वैशाख १३ गते ठाडोलाइनका ७१ वर्षीय सुकदोर्जे दोङ बाघको आक्रमणबाट घाइते भएका थिए । साँझ करिब ५ बजेतिर मकै बारीमा गएका उनलाई बाघले आक्रमण गरेको थियो । पाटेबाघले उनको घाँटी, ढाड, हातलगायत […]

Continue Reading

पृथ्वीमा ओर्लिए ४ अन्तरिक्षयात्री

स्पेस–एक्स ड्रागनमार्फत ४ जना अन्तरिक्षयात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरू पनामा सिटीनजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका छन् । ती अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा ६ महिना रहेका थिए । उनीहरू जलक्षेत्रमा अवतरण गर्नासाथ डुंगामार्फत उनीहरूलाई बाहिर निकालिएको थियो । नासाले चारै जना अन्तरिक्षयात्रीले आफूहरूको […]

Continue Reading

मंगलवारबाट नुवाकोटमा निषेधाज्ञा

कोरोना संक्रमणको जोखिम बढेसँगै नुवाकोटमा मंगलवारदेखि निषेधाज्ञा गरिने भएको छ । आज जिल्ला प्रशासन कार्यालय नुवाकोटले वैशाख २१ गतेबाट वैशाख २७ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको जोखिम बढेसँगै मंगलवारबाट निषेधाज्ञा गर्ने निर्णयमा पुगेको नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले लोकपथलाई जानकारी दिए । ‘बाहिरबाट मानिसहरु आउने क्रम जारी रहेकोले जोखिम […]

Continue Reading

‘बस्न्यातलाई थुनामा राख्नुको कारण देखाऊ’

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्नुको कारणसहित तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले आज विशेष अदालतको आदेशअनुसार थुनामा रहेका बस्न्यातलाई थुनामा राख्नुको कारणसहित सूचना म्याद प्राप्त भएको मितिले बाटोको म्याद बाहेक तीनदिनभित्र महान्यायाधिवक्ता […]

Continue Reading

निषेधाज्ञाको पालना गराउन काठमाडौं उपत्यका भित्रमात्रै ३ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं । निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकाभित्र ३ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं उपत्यकाभित्र मात्रै ३ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सुशील सिंह राठौंरले जानकारी दिए । निषेधाज्ञाको पालना गराउँन ३ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । यो संख्या सशस्त्र प्रहरी बिनाकै संख्या हो […]

Continue Reading