प्रख्यात अमेरिकी सफ्टवेअर निर्माता एडोबीको भिडिओ सम्पादन गर्ने प्रिमियर प्रोको नयाँ भर्सन सुरुमा जुन तस्बिर देख्नुहुन्छ त्यो तस्बिर नेपाली फोटोपत्रकार स्कन्द गौतमले खिचेका हुन् । फोटोपत्रकार स्कन्द गौतमले खिचेको सो तस्बिरलाई एडोबीले चार हजार अमेरिकी डलर (चार लाख ५२ हजार रुपैयाँ) तिरेर किनेको हो।