काठमाडौं, १० माघ । नेपाल एयरलाइन्सका २ दर्जन पाइलटले सामूहिक राजीनामा दिएका छन् । विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।उनीहरूले व्यवस्थापनले काममा नेपाली स्थायी कर्मचारीलाई बढी लगाए पनि विदेशीलाई सेवा सुविधा धेरै दिएको आरोप लगाएका छन्।
