के हो कोरोना भाईरस ? यसका लक्षण र रोकथामका उपायहरु

Health-Education

के हो कोरोना भाईरस?

कोरोना भाइरस भाइरसहरूको एक बिशाल समूह हो जुन पशुहरूमा सामान्य हुन्छ। वैज्ञानिकहरुका अनुसार Corona Virus जनावरबाट मानिसमा सर्ने गर्छ। कोरोना भाइरसले मानिसलाई साधारणतया सामान्य चिसो जस्तै, हल्कादेखि माथिल्लो श्वासप्रणालीको बिरामी भएको लक्षण देखाउँछ।

यसका हालसम्म थाहा हुन आएका लक्षण यस प्रकार छन् :

बहेको नाक, टाउको दुख्ने, खोकी, घाँटी दुख्ने, ज्वरो, अस्वस्थ भएको महसुस हुनु आदि।

कोरोना भाइरस कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरू,वृद्ध र युवाहरुमा न्यूमोनिया वा ब्रोन्काइटिसजस्ता स्वास प्रस्वासका मार्फत सुरु हुन्छ ।

मानिसमा कोरोन भाईरस मुख्यत एक संक्रमित व्यक्तिबाट अर्कोमा निम्न तरिकाले सर्दछ :

स्वास प्रस्वास, हावा, खोकी व्यक्तिगत सम्पर्क जस्तै छुँदा , हात मिलाउदा कुनै संक्रमित वस्तु छोई सकेपछि हात नधोइकन आँखा , नाक, र मुखमा छुदा संक्रमित मल मुत्रबाट

रोकथामका उपायहरु :

हालसम्म कोरोन भाइरस रोकथामको लागि भ्याक्सिन पत्ता लागेको छैन , तर यी सावधानीहरु भने अपनाउन सकिन्छ : साबुनले पटक पटक हात धुने हात नधोइकन मुख,आँखा र नाखमा नछुने ज्वरो आएका, श्वासप्रणालीका बिरामीसंग सामिप्यता नराख्ने यदि तपाईं हल्का बिरामी हुनुहुन्छ भने, आफुलाई हाइड्रेटेड राख्नुहोस् र घरमा बस्नुहोस् यदि तपाइलाई आफुमा देखिएका लक्षणहरुबाट संखा लागेमा तुरुन्तै चिकित्सकको परामर्श लिने