कोरोनाको उपचारको लागि तोकियो पांच अस्पताल

Health-Education

Corona Virus बाट संक्रमित बिरामीको उपचार गर्न सरकारले पाँच अस्पताल तोकेको छ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल,

वीर अस्पताल,

सिभिल अस्पताल,

पाटन अस्पताल र

त्रिवि शिक्षण अस्पताल

सरकारले चीनबाट आउने जो कसैको पनि स्वास्थ्य परीक्षण गरेर निगरानीमा राख्नसमेत थालेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कलाई सक्रिय बनाएको छ। शनिबारबाट आठ स्वास्थ्यकर्मी परिचालन गरिएको छ । विमानस्थलको हेल्थ डेस्कमा ‘थर्मल स्क्यानर’ प्रयोग गरिएको छ । यसले एकैपटक एउटै बाटो भएर आउने तीन सय जनासम्मको ज्वरो जाँच गर्ने क्षमता राख्छ।

सरकारले चीनबाट नेपाल आउने सबै यात्रुलाई हेल्थ डेस्कको बाटोभएर आउन सुचना जारी गरेको छ । त्यस्तै, चीनबाट नेपाल आउने सबै जहाजभित्रै फर्म वितरण गरिएको छ। सो फर्ममा यात्रुले आफ्नो सबै विवरण उल्लेख गर्नुपर्ने हुन्छ। भाषामा समस्या हुने भएकाले सरकारले चिनियाँ दूतावासबाट दोभाषेको व्यवस्था समेत गरेको छ।