भारतीय बीमा कम्पनी एलआईसी संकटमा

Economy
काठमाडौँ । नेपालमा ५५ प्रतिशत स्वामित्व रहेको भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (LIC) संकटमा पुगेको छ। भारत सरकारको स्वामित्वमा रहेको यस बीमा कम्पनीको पछिल्लो पाँच वर्षमा खराब सम्पत्ति (नन परफरमिङ एसेट्स–एनपीए) शतप्रतिशत वृद्धि भएको छ। एलआईसीले सन् २०१९ मार्चमा जारी गरेको वित्तीय विवरणअनुसार एनपीएको दर ६ प्रतिशत पुगिसकेको छ। यस्तो तथ्याकं सन् २०१४र१५ मा जम्मा ३ दशमलव ३० प्रतिशत मात्रै रहेको थियो। एलआईसीको ५५ प्रतिशत रहेको कम्पनी लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले भने यसलाई ‘केबल हल्ला’ मात्रै भन्दै कुनै असर नपर्ने जनाएको छ । आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।