पाम आयल आयातमा प्रतिबन्ध खुलाउन भारतलाई पत्राचार

Economy

काठमाडौं, १४ माघ । भारतले प्रशोधित पाम आयल आयातमा रोक लगाएको झन्डै ३ हप्तापछि नेपाल सरकारले नेपालबाट भारतमा हुने पाम आयलको निर्यात खुलाउन पहिलोपटक औपचारिक रुपमा कूटनीतिक पहल अगाडि बढाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै भारत सरकारलाई एक पत्र पठाउँदै पाम आयलको निकासी खुलाउन आग्रह गरेको हो ।

मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई यस्तो पत्र पठाएको हो ।