गायिका आस्था राउत ४ हजार रुपैयाँ धरौटीमा रिहा

Entertainment

काठमाडौँ- अभद्र व्यवहार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेकी गायिका Aastha Raut लाई काठमाडौँ जिल्ला प्रशासनले ४ हजार रुपैयाँ धरौटीमा मंगलबार दिउँसो रिहा गरेको हो। मंगलबार दिउँसो रिहा भएकी गायिका आस्था राउतले प्रहरीले आफूमाथि उदारता र लचकता देखाएको बताएकी छन्।उनले आफूले ‘प्रहरी मेरो साथी’ भन्ने नारामा आफूले प्रश्न उठाउनु गलत रहेको जिकिर पनि गरिन्।

प्रहरीले उनीबिरुद्ध मंगलबार नै जिल्ला प्रशासन कार्यालयमा अभियोग पत्र दर्ता गरेको थियो।अभियोग पत्र दर्ता भएसँगै प्रहरीले राउतलाई थुनछेक प्रयोजनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालय पुर्‍याएको थियो।प्रहरीमाथि दुर्व्यवहार गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार राउतलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

आस्था राउत सोमबार बिहान आफै प्रहरी परिसर काठमाडौँ पुगेकी थिइन्। त्यसपछि प्रहरीले अनुसन्धानका लागि थप समय माग गर्दै राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रस्तुत गरेको थियो। परिवारका सदस्यसहित प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन्।