प्रदेश राज्यमन्त्री झाले दिइन् राजीनामा

Politics

१४ माघ, काठमाडौं । प्रदेश २ सरकारकी भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पलकुमारी झाले राजीनामा दिएकी छन् । उनले राष्ट्रिय जनता पार्टी (राजपा) संसदीय दलको कार्यालयमार्फत मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र बुझाएकी हुन् ।

पत्रमा ‘राज्य मन्त्रीको हैसियत, पदीय मर्यादा र पदको प्रतिष्ठा जोगाउन लामो देखिको मेरो प्रयासका वावजुद पनि स्थिति अनुकुल हुने अवस्था नभएका’ राजीनामा दिएको उल्लेख छ ।