सन् २०२० शुरुवात संगै Visit Nepal २०२० को प्रचारका लागि एक अजंगको मूर्ति ठाँउ ठाँउमा राखिएको छ । यती (Yeti) भनिएका/ मनिएका ती मूर्तिहरुलाई कतिले हनुमान, धेरैले जापानी सुमो महलमान र कतिले चाँहि Laughing Buddha संग मिल्दो जुल्दो मानेका छन् । तर यती नै भनेर चाँहि लगभग कसैले चिन्दैनन् । किनभने यती आजसम्म कसैले देखेको पनि छैन साथै मिथकहरु व्र्णन गरिएको अनुसार यो यती जस्तो पक्कै छैन । धेरैको कल्पनामा भएको यती चाँहि काठमाडौको न्यूरोडस्थित NAC प्रांगणमा रहेको यतीसंग धेरै हदसम्म मिल्दछ । किनभने यो यती चाँहि मिथकमा वर्णन गरिएअनुसार शतप्रतिशत नभएतापनि केही हदसम्म मिल्दछ ।

यती “बसन्तपुर” विवाद
भिजिट नेपालकै प्रचार प्रसार अन्तर्गत बसन्तपुरमा राखिएको मूर्तिले चाँहि विवाद अझै चर्काएको थियो । कारण त्यहाँ राखिएको सो मूर्तिको पछाडिको भागमा जिवित देवी कुमारीको मुखाकृति बनाईएको थियो । कुमारीको मुख यतीको मलद्धार नजिकै कोरीएपछि स्थानिय आक्रोशित भएर विरोध जनाएका थिए । सर्वसाधारणको विरोध संगै ईन्द्रजात्रा व्यवस्थापन समितिले त्यस्तो आपत्तिजनक चित्र मेटिदिन सरकारलाई ध्यानाकर्षण गराईसकेको छ ।

“यती समूह” विवाद
प्रधानमन्त्री के.पि. शर्मा ओलीले पनि यती समूह नजिक रहेको आरोप खेप्दै आएका छन् । गोकर्ण रिसोर्ट भाडामा दिन कानून नै परिवर्तन गरेको विषयले केही समय अगाडि निकै चर्चा बटुलेको थियो ।
भिजिट नेपालको मास्कट “यती” कसरी बन्यो ?

भ्रमण बर्ष २०२० को सचिवालयले आग्रह गरेपछि यो यतीको Mascot डिजाइन कलाकार आंग छिरिंग शेर्पाले गरेका हुन् । यहि डिजाइनका आधारमा विजय महर्जनले यसलाई आकार दिन्छन् । सचिवालयले सयवटा भन्दा बढी यस्ता मूर्ति बनाउने ठेक्का दिइसकेको छ । यसरी बनेका मूर्तिहरुमा चित्रकारहरुले भिन्ना भिनै स्वरुप दिने गर्दछन् । यी मूर्तिहरु विभिन्न पर्यटकीय स्थल तथा विमानस्थल देखि हिमालका आधार शिविरसम्म राखिइएका छन् ।
स्रोतका अनुसार यो एउटै मूर्तिको रु. आठ लाख बढि पर्दछ । सरसर्ती हिसाब गर्दा सर्वसाधारणले तिरेको करबाट करोडौ रकम खर्च हुदैछ । तर यति धेरै रकम खर्च हुदाँ समेत यतीको तारिफ हुनु साटो विवाद हुनु विडम्वना र दुःखको कुरा हो ।