१५ माघ, हेटौंडा । मंगलबार शहीद स्मारक एवं प्रजातान्त्रिक पार्कको उद्घाटन गर्न हेलिकोप्टर चढेर हेटौंडा पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईं र मुख्यमन्त्री डोरमणि पौडेलको टोलीले स्वागत गर्नुभयो । तर कार्यक्रम सकेर फर्कने बेलामा रोचक तस्वीर देखियो । फर्किने क्रममा फेरि प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्री सबै बिदाइ गर्न हेलिप्याडमा आए । त्यसक्रममा सामूहिक तस्वीर खिचाउने कुरा भयो । राष्ट्रपतिका लागि हेलिप्याडमै सोफा पुर्याइयो । राष्ट्रपति सोफामा बसिन्, अरु वरिपरि उभिए र तस्वीर खिचाए ।
यो तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।