भारतमा २१ दिन घरबाट बाहिर निस्किन प्रतिबन्ध

International

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राति १२ बजेपछि भारतभरि घरबाट बाहिर निस्किन प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

मोदीले राति १२ बजेदेखि २१ दिनका लागि भारतभर घरबाट बाहिर निस्किन प्रतिबन्ध लगाएको घोषणा गरेका छन् ।

आज देशबासीलाई सम्बोधन गर्दै मोदीले कोरना रोक्न समाजिक दुरी अनिवार्य भएको भन्दै यसको रोकथामको अन्य उपाय नभएको बताए ।

मोदीले कोरोनाविरुद्ध निर्णायक लडाई लड्न यो कदम आवश्यक भएको भन्दै मोदीले यो प्रतिबन्ध कर्फ्यु जस्तै भएको बताएका छन् ।

मोदीले यो २१ दिन नसम्हालिएमा देश बर्बाद हुने भन्दै यो समय सम्हालिन अपिल गरेका छन् ।

केहि मानिसहरुको लापरवाही र केहिको गलत सोचले आफुलाई, आफ्नो परिवार, आफ्नो साथीहरुलाई ठुलो मुश्किलमा लैजाने चेतावनी दिदै यस्तो लापरवाही गरेमा भारतले ठुलो मुल्य चुकाउनुपर्ने बताए ।