भारतको ७१औं गणतन्त्र दिवस समारोह विभिन्न कार्यक्रमका साथ सम्पन्न

Politics

२६ जनवरी, २०२०,काठमाडौं

भारतीय राजदूतावास, काठमाडौंले २०२० जनवरी २६ मा भारतको ७१औं गणतन्त्र दिवस मनायो । राजदूतावासले नेपालका सबै प्रदेशमा रहेका विभिन्न ५१ पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक प्रदान ग¥यो । नेपालको सामाजिक आर्थिक विकासतर्फको यात्रामा नेपालसँग हातेमालो गर्ने भारतको प्रतिबद्वतालाई दोहो¥याउदै राजदूतावासले नेपालका विभिन्न अस्पताल तथा गैरनाफामूलक परोपकारी संस्थालाई ३० वटा एम्बुलेन्स तथा शैक्षिक संस्थाहरुलाई ६ वटा बस पनि वितरण ग¥यो । हालसम्म भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्था र शैक्षिक संस्थाहरुलाई ७८२ एम्बुलेन्स तथा १५४ बस प्रदान गरी हजारौं नेपाली जनताको स्वास्थ्य सेवा तथा शैक्षिक सेवामा पहँुच विस्तार गरेको छ ।

उक्त समारोहमा दूतावासका अधिकारी तथा उहाँहरुको परिवारका साथै नेपालमा रहेका भारतीय समुदायका सदस्यहरु तथा भारतका मित्रहरुकोे उपस्थिति थियो । केन्द्रीय विद्यालय, मोडर्न इन्डियन स्कुल तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौंका विद्यार्थीले देशभक्तिका गीतहरु प्रस्तुत गरे । नेपाली सेनाको ब्यान्डको मधुर प्रस्तुतिसँगै समारोह सम्पन्न भयो ।  १५०० भन्दा बढी विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति  रहेको उक्त समारोहमा नेपालका सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुन मुख्य अतिथिका रुपमा  सरिक हुनुभएको थियो ।