काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह झापाबाट आइतबार सिलिगुडीतर्फ प्रस्थान गरेका छन्। प्राप्त जानकारीअनुसार उनीहरु निकट आफन्तहरुसहित सिलिगुडीतर्फ लागेका हुन्। पश्चिम बंगाल र सिक्किमको करिब साताव्यापी यात्रामा पूर्वराजारानीसहितको टोलीले गांटोक र दार्जिलिङको पनि यात्रा गर्ने बताइएको छ। पूर्वराजारानी झापाको दमकबाट आइतबार सिलिगुडीतर्फ प्रस्थान गरेका हुन्। दार्जिलिङमा स्कुलतर्फको अध्ययन गरेका पूर्वराजाले दार्जिलिङ यात्राका क्रममा आफ्नो स्कुलको भ्रमण पनि गर्ने बताइएको छ।