चीनमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्यो

Health-Education

चीनले थप साढे सात सय व्यक्तिमा कोरोनोभाइरसको सङ्क्रमण भएको पुष्टि गर्दै सङ्क्रमित व्यक्तिको कुल सङ्ख्या २,७०० नाघेको जनाएको छ। असी जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने सरकारी सञ्चारमाध्यमका अनुसार हुबे प्रान्तमा ३,०० सय जनाभन्दा धेरै मानिस सो भाइरसका कारण गम्भीर न्युमोनियाको सिकार भएका छन्।

सङ्क्रमणको केन्द्रमा रहेको हुबे प्रान्तको वुहानमा २,००० शय्याका दुईवटा अस्पतालको निर्माण हुँदैछ। स्वास्थ्यसेवाका पाँच लाख कर्मचारीलाई उक्त भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा परिचालित छन्। थप मास्क तथा सुरक्षित पोसाक बनाउन कारखानाहरूमा तीव्र गतिमा काम भइरहेको छ। सरकारले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न नयाँ वर्षको बिदा लम्ब्याउने घोषणा गरेको छ। जनवरी ३० सम्म रहेको चिनियाँ नयाँ वर्षको बिदा अब फेब्रुअरीको दोस्रो सातासम्म लम्ब्याइएको छ। यसअघि अधिकारीहरूले सङ्क्रमण पहिलेभन्दा चाँडो फैलिरहेको चेतावनी दिएका थिए।