काठमाडौँ – अग्नि सापकोटालाई सभामुख पदमा चयन गर्न नहुने भन्दै आइतबार काठमाडौँमा प्रदर्शन भएको छ। माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरस्थित संसद भवनतर्फ अघि बढेको छ । केहीबेरमा बस्ने प्रतिनिधिसभाको बैठकमार्फत नेकपाका नेता अग्नि सापकोटा सभामुख पदमा चयन हुँदैछन् । तर हत्या जस्तो जघन्य अपराधमा संलग्न रहेको आरोप लागेका नेतालाई सभामुख बनाउन नहुने भन्दै उनीविरुद्ध प्रदर्शन भएको हो ।
विरोध प्रदर्शनका सहभागीले विधिको ‘शासन कायम गर, हत्यारा सभामुख चाहिँदैन, ओली सरकार होसियार’ लगायतका नारा लगाइरहेका छन् ।