बिहार बन्यो कोरोनाको ‘हट स्पट’

International

नेपालसँग सिमाना जोडिएको भारतीय राज्य बिहार कोरोना भाइरसको हट स्पट बन्दै गएको छ। बिहारमा पछिल्लो २४ घण्ठटामा २७ सय नयाँ संक्रमित थपिएका छन्।

बिहारमा पछिल्लो २४ घण्टामा कोरोनाका २७ सय नयाँ संक्रमित भेटिएका भारतीय सञ्‍चारमाध्यमले जनाएका छन्। त्यहाँ बिरामीको संख्या नै ५५ हजार नाघेको छ।

बिहारमा कोरोना सबैभन्दा धेरै पटना, मुङ्गेर, भागलपुर र मुजफ्फरपुर जिल्लामा फैलिएको छ। यसका अलावा अररिया, पूर्वी चम्पारण, रोहतास र सीवानमा संक्रमणको दर तीव्र गतिमा बढिरहेको छ।

पटनामा कोरोनाबाट मृततको आँकडा पनि सबैभन्दा धेरै रहेको छ। त्यसपछि भागलपुर, गया, रोहतास, नालन्दा, मुङ्‍गेर, मुजफ्फरपुर र पूर्वी चम्पारण ज्यान गुमाउने धेरै छन्। पटनामा पूर्व मुख्यमन्त्री राबडी देवीको निवासमा तैनाथ १३ जना३ सुरक्षाकर्मी कोरोना पोजिटिभ पाइएका छन्। यिनमा बिहार पुलिसका ८ जवान र पटना पुलिसका ५ जवान छन्।

पटनामा पूर्व मुख्यमन्त्री राबडी देवीको निवासमा तैनाथ १३ जना३ सुरक्षाकर्मी कोरोना पोजिटिभ पाइएका छन्। यिनमा बिहार पुलिसका ८ जवान र पटना पुलिसका ५ जवान छन्।अर्कातर्फ बिहारमा भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) का राज्य सचिव सत्यनारायण सिंहको कोरोना भाइरसका कारण निधन भएको छ,एक हप्ता पहिले सत्यनारायण सिंहलाई कोरोना देखिएको थियो। त्यसपछि उनलाई पटनास्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो।

उनको त्यहीँ उपचारका क्रममा ज्यान गएको हो। बिहारसँगै भारतका अन्य राज्यमा पनि कोरोना तीव्र गतिमा फैलिरहेको छ। भारतमा सबैभन्दा धेरै प्रभावित राज्य महाराष्ट्र हो।