आइसोलेशनको खानामा कीरा , सङ्क्रमितहरूको भोक हडताल

Health-Education

सप्तरीको गजेन्द्रनारायण अस्पतालको आइसोलेशनमा कोभिड-१९ भएका झन्डै १०० जना उपचार गरिरहेका छन्। आइसोलेशन वार्डमा खाना तथा सरसफाइमा भएको भनिएको अव्यवस्थाको केही दिनदेखि उनीहरूले विरोध गरिरहेका थिए। तर आज खानामा किरा भेटिएपछि उनीहरू थप आक्रोशित बनेका हुन्।वार्डका इन्चार्ज तथा आइसोलेशन वार्डका चिकित्सक रन्जित झाले भने सरकारले तोकेबमोजिम व्यवस्था गर्दै आएको भए पनि अनेक बहानामा उनीहरूले सताएको बताएका छन्।

श्रोत : बीबीसी