बाँकेमा कोरोना स‌ंक्रमित महिलाको मृत्यु

Health-Education

बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । उपचारको क्रममा उनको आइतबार मृत्यु भएको हो ।

७० वर्षीया वृद्धा कोहलपुरको रहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनु भयो । अस्वस्थ भएपछि उनी उपचारका लागि मेडिकल कजेलमा भर्ना भएकी थिइन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ७६ पुगेको छ ।