काठमाडौं उपत्यकामा कोरोना संक्रमितमध्ये ६५ प्रतिशतभन्दा बढी काठमाडौं महानगरभित्र बसोबास गर्छन् । केही समयअघिसम्म काठमाडौं बाहिर र विदेशबाट फर्केकालाई संक्रमण देखिए पनि अहिले समुदायस्तरमा फैलिन थालेको अनुमान गरिएको छ । एकजना संक्रमित देखिँदा डिसइन्फेक्सन छर्कने र जनचेतनामा जोड दिएको काठमाडौं महानगरले संक्रमण फैलिँदा काम गर्न नसकेको आरोप छ । काठमाडौं महानगरभित्र मात्रै ३ सयजना भन्दा बढी संक्रमित छन् । सिंगो उपत्यकामा संक्रमण बढ्दोछ । लकडाउन अवधिमा धेरै हदसम्म संक्रमण कम थियो तर उपत्यकाभित्र लकडाउन हुने तर बाहिरबाट मानिस भित्रिने क्रम लुकिछिपी बढ्न थालेपछि यसको असर अहिले देखिएको हो । लुकिछिपी अन्य जिल्ला बाट मानिस भित्रिने क्रम अझै पनि रोकिएको छैन तर केहि हदसम्म कम भने भएको हो। संक्रमण रोक्ने हो भने उपत्यकालाई सिल गर्नुपर्छ भन्ने सुझाब बिज्ञहरुबाट आइरहेका छन्।
सरकारले अहिले एउटा जिल्लाबाट अर्को जिल्लामा जान पाउँदैन भनेको छ । त्यसैले एक ठाउँबाट अर्को ठाउँको आवतजावत बन्द गरौं । अहिले लकडाउन खुलेको छ । सरकारले लामो दूरीको सवारी चलाउन अनुमति दिएको छैन । अहिले स्थानीयलाई खासै संक्रमण देखिएको छैन । पेशा व्यवसाय गर्न काठमाडौं बाहिरबाट आउने बढी संक्रमित छन् । त्यसैले बाहिरबाट आएकालाई रोक्नु पर्छ । नत्र नियन्त्रण गर्न गाह्रो हुने देखिन्छ। भारतबाट रोजगारी गुमाएर लुकिछिपी काठमाडौं भित्रिएर घरघरमा तरकारी बेच्न जाने, फलफूल बेच्ने, ठेला चलाउने, कवाडी उठाउनेलाई नियन्त्रण गर्न सकेनौं भने झन् संक्रमण अझै बढ्ने देखिन्छ। देशको सबैभन्दा ठुलो जनसंख्या बसोबास गर्ने काठमाडौँमा बेलैमा सरकारले सहि कदम नचाल्ने हो भने स्तिथि नियन्त्रण बाहिर जाने देखिन्छ। अबको दिनमा सरकारमात्र होइन जनता पनि सचेत हुनपर्ने देखिन्छ। सरकारी निर्णयलाई अटेर गर्ने , लुकिछिपी आवतजावत गर्ने नरोकिने हो भने अब काठमाडौँमा के हुन्छ भन्न सकिन्न !!!