थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको सं‌ख्या २४ हजार नाघ्यो

Health-Education

नेपालमा बुधबार  थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा थप ४८४ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।

अहिले देशका विभिन्न आइसोलेसनमा ७ हजार ६ सय १३ जना संक्रमित उपचाररत रहेका छन् । गत २४ घण्टामा ६४ जना जना डिस्चार्ज भएका छन् ,भने आजसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ ।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९१ जना रहेको छ । अहिले देशभरीका क्वारेन्टिनमा १४ हजार ८ सय ४६ जना रहेका छन् । बुधबार पीसीआर विधिबाट १० हजार ४ सय ८१ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न  क्वारेन्टाइनमा १४  हजार  ८ सय ४६ जना रहेका छन ।