धनुषाको गणेशमान चारनाथ नगरपालिका – २ राधापुरस्थित एक घरमा फर्निचरको काम गर्ने क्रममा करेन्ट लागेर महोत्तरी भंगा नगरपालिका – ७ बस्ने ४५ वर्षीय अमृत नारायण विकको बुधबार दिउँसो मृत्यु भएको छ ।
करेन्ट लागेर अशक्त भएका अमृतको उपचारको लागि स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।