बलिउड अभिनेत्री आलिया भट्टको फिल्म सडक २ को ट्रेलर रिलिज भएको छ । उक्त फिल्मको ट्रेलरको पोस्टर रिलिज भएसँगै आलिया सामाजिक सञ्जालमा ट्रोल बनेकी छन् । फिल्मलाई नेगेटिभ फिडब्याक मात्र आईरहेको छ । साथै यूट्युबमा लाइकको साटो डिसलाईक धेरै आईरहेको छ । महेश भट्टको निर्देशनमा बनेको सडक २ आलियाको लागि ठूलो फिल्म मानिएको छ ।