आज सबैभन्दा धेरै संक्रमित काठमाडौंमा

Health-Education

काठमाडौं जिल्लामा आज देशभरमै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा बिध ल्याबमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १० जना, वीर अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ३ जना, नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४ जना, नेपाल पुलिस अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २४ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २४ जना, वीरेन्द्र अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ३ जना, सुरिया ल्याबमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जना र स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १० जनामा गरि काठमाडौमा एकैपटक ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।