अन्तर्राष्ट्रिय क्रिकेटबाट रिटायर्ड हुँदै धोनी

Sports

क्रिकेटमा भारतका सबैभन्दा सफल कप्तान एम एस धोनीले शनिबार रिटायर्ड हुने घोषणा गरेका छन्।

“तपाइँको प्रेम र समर्थनको लागि धेरै धेरै धन्यवाद। १९:२९ बाट मलाई रिटायर्ड मान्नुस”, धोनीले आफ्नो इन्स्टाग्राममा लेखेका छन्।

रिटायर्ड भए पनि उनले , चेन्नई सुपर किंग्स क्क्याप्टेनमा आगामी आईपीएल २०२० युएईमा खेल्ने अपेक्षा गरिएको छ, जुन सेप्टेम्बर १९ देखि शुरू हुनेछ। शुक्रबार, धोनी टोलीको प्रशिक्षणका लागि चेन्नई आउंदै गरेका भेटिएका थिए।

गत जुलाई जुलाईको एकदिवसीय विश्वकपमा भारत सेमीफाइनलबाट बाहिरिए पछि धोनी तनावमा देखिएका थिए।

उनले अहिलेसम्म भविष्यमा के गर्ने भन्ने बारेमा कुरा गर्न इन्कार गरेको थियो। यसअघिको मुम्बईको एउटा कार्यक्रममा धोनीले भनेका थिए कि उनको अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किने प्रश्न जनवरी २०२० पछि मात्र सोध्नुपर्नेछ।

उनी क्रिकेटको इतिहासमा एक मात्र कप्तान थिए जसले सबै आईसीसी ट्राफी जितेका थिए। उनको कप्तानीमा भारतले २००७ आईसीसी विश्व ट्वान्टी २०-२० , २०१० र २०१६ एशिया कप, २०११ आईसीसी क्रिकेट विश्व कप र २०१३ को आईसीसी च्याम्पियन्स ट्रफी जितेका थिए।

उनले भारतको प्रतिनिधित्व ३५० ओडीआई सिरिज र ९८ टी २० इन्टरनेसनलमा गरेका थिए। उनि १०,७३३ ODI रन्स सहित एक कुशल क्रिकेटर हुन्।