कोरोना भाइरसको कारण गम्भीर बिरामी भएका कार्लोस मुनिज नामका व्यक्तिले अस्पतालमै आफ्नी प्रेमीकासँग् विवाह गरेका छन् । अस्पतालका नर्सहरुले उनीहरुको विवाहका लागि व्यवस्था गरेका थिए । यो घटना अमेरिकाको टेक्सासको स्यान एन्टोनियोको हो । केहि दिन पहिला उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर उनको स्वास्थ्य अवस्था गम्भीर थियो । डाक्टरका अनुसार कार्लोसलाई रिकभर हुन अझै केहि समय लाग्छ । कार्लोसको विवाह टेक्सासको मेथोडिस्ट हस्पिटलमा ११ अगस्टमा भएको हो । उनको विवाह जब ग्रेससँग भएको छ । सीएनएनको रिपोर्टका अनुसार करिव एक महिनासम्म गम्भीर बिरामी भएपछि उनको कोरोना रिपोर्ट नगेटिभ आएको थियो । ४२ वर्षका उनी पहिला भने स्वस्थ थिए ।