विराटनगरमा थप ४३ जनामा कोरोना पुष्टि

समुदायस्तरमा कोरोना संक्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो संख्यामा संक्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए। संक्रमित हुनेमा १९ महिला २४ पुरुष रहेका छन् ।

संक्रमितमा विराटनगर–६ का सात जना, ३, ९, ११ र १५ का ६/६ जना , विराटनगर २ र ५ का ४/४ जना, विराटनगर ४ का ३ जना र विराटनगर ८ का १ जना रहेका छन् ।

यसअघि प्रदेश १ सामाजिक विकास मन्त्रालयले शनिबार दिउँसो जारी गरेको विवरणमा यहाँ ४० जना संक्रमित थप भएका थिए । संक्रमितको संख्या ५२३ पुगेको छ भने निको भई घर फर्कनेको संख्या ८६ जना रहेका छन् ।