काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले आइतबार रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १/१ रुपैंयाको दरले बढाइएको जनाएको छ । निगमका अनुसार अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य प्राप्त भएपछि इन्धनको मूल्य बढाइएको हो । मूल्य बृद्धि पछि डिजेल र मेटितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको छ ।त्यस्तै हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ ।