ललितपुरमा ५८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

Health-Education

ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत् काठमाडौं भोटाहिटीकी ५८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। गत साउन २८ गते अस्पताल भर्ना भएकी उनको सोमबार बिहान १० बजे मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिनुभयो ।

उनलाई सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ । उनिमा निमोनिया, मधुमेहको पनि समस्या पनि रहेको र उनको आज बिहान मृत्यु भएको प्रमुख गलालले जानकारी दिनुभयो । अस्पताल भर्नापश्चात् उनमा कोरोना परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको हो। मृतक महिलाको शव नेपाली सेनाको टोलीले आजै व्यवस्थापन गर्ने तयारी गरेको छ। आइतबार पनि पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो। यसैवीच धनुषामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया निवासी ६५ बर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।