दमक ठप्प, ब्यवसायहरु पूर्ण रुपमा बन्द

Health-Education

समुदायमा कोभिड-१९ को संक्रमण फैलिन थालेपछि लकडाउन घोषणा गरेको दमक नगरपालिकाले लकडाउन कडा बनाएको छ।

दमकमा लकडाउनको दोश्रो दिन सोमवार पनि दमक विहानैदेखि ठप्प रहेको छ। दमक बजार र आसपासका क्षेत्रमा रहेका पसल तथा ब्यवसायहरु पूर्ण रुपमा बन्द छन्।

फाट्टफुट्ट मात���र मानिसहरु आवतजावत गरिरहेका देखिन्छन भने सवारी साधनहरु फाट्टफुट्ट रुपमा मात्र सडकमा देखिएका छन्।