शख्तर डोनेस्कविरुद्ध सानदार जित निकाल्दै इन्टर मिलान युरोपा लिग फुटबलको फाइनल प्रवेश गरेको छ । गएराति भएको खेलमा इन्टर मिलानले डोनेस्कविरुद्ध ५–० गोलको जित निकालेको हो ।
इन्टर मिलानको जितमा लौटारो मार्टिनेज र रोमेलु लुकाकुले २–२ तथा ड्यानिलो डी अम्ब्रोसियोले १ गोल गरेका थिए । खेलको पहिलो हाफमा १ गोलले मात्रै अगाडि रहेको इन्टर मिलानले बाँकी ४ गोल दोस्रो हाफमा गरेको हो । इन्टर मिलानले उपाधिका लागि २२ अगस्टमा सेभिल्लासँग प्रतिष्पर्धा गर्नेछ ।