भारी बर्षाका कारण अछामको रामारोशन गाउँपालिका अन्तर्गत कैलाश खोलामा आएको बाढीले तटीय क्षेत्रमा क्षति पुर्याएको छ । राती परेको भारी बर्षाले गजडबजार, मुजाबगर, खालबजार लगाएका बजार तथा खेतीयोग्य जमिन पुरै बगरमा परिणत भएको स्थानीयले बताएका छन् ।
एक्कासि आएको बाढिले जयगड रामारोशन सडक खण्डको अधिकांश भाग बगाएको छ भने रामारोशन गाउँ गाउँपालिकाको प्रवेशद्वार र दर्ना पक्किपुल समेत बगाएको स्थानिय दिनेश खनालले जानकारी दिनुभयो
साथै बाढीले रामारोशन गाँउपालिको कार्यालयमा समेत ठुलो क्षति पुर्याएको गाँउपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभयो । रामारोशन ताल फुटेर यति ठूलो बाढी आएको हुनसक्ने आशंका स्थानीयको छ । क्षतिको बिबरण आउन बाँकि रहेको बताइएको छ। केही घर तथा पसलहरु समेत बाढीले बगाएको छ ।