कोरोना भाइरसलाई मध्यनजर गर्दै इन्द्रजात्रा व्यवस्थापन समितिसहित २७ वटा स्थानीय गुठी खलहरूको शुक्रबार बसेको बैठकले यस वर्षको येँया: (इन्द्रजात्रा) स्थगित गर्ने निर्णय गरेको छ।
सरकारले कोरोना भाइरस रोकथामका लागि कुनै सामूहिक चाडपर्व नमनाउन निर्देशन जारी गरे अनुसार जात्रालाई स्थगित गरिएको जनाइएको छ।