बढ्दै कोरोना संक्रमण, सेरोलजिकल टेस्टको तयारी

Health-Education

देशभरी कोरोना संक्रमणको दर बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको छ ।

पछिल्लो केही हप्तायता उपत्यका लगायत देशभरी नै संक्रमण र मृत्युदर बढ्दै गएपछि महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको हो । संक्रमणको जोखिम कुन तहसम्म पुगेको छ भनेर अध्ययन गर्न सेरोलजिकल टेस्टको तयारी गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डेले बताउनुभयो । कहिलेबाट परीक्षण सुरु गर्ने भन्ने तय नभएपनि देशभरी नै परीक्षण गरिने उहाँले बताउनुभयो । सेरेलजिकल परीक्षणमा ‘कति केसहरु समुदायमा छन् ? कस्तो अवस्थमा छ?’ भन्ने कुरा पत्ता लगाउने उहाँले बताउनुभयो ।

निर्देशक पाण्डेले ९० जनाको नमुना एउटै ठाउँमा राखेर परीक्षण गरिने र एक दिनमा परीक्षण हुने बताउनुभयो । पहिलो पटकका परीक्षणमा प्रारम्भिक सूचनाहरु संकलन गर्न सहज भएपनि लगातार तीन वर्षसम्म निरन्तर परीक्षण गरिने उहाँले बताउनुभयो ।