रौतहटमा बुधबार राति गोली हानेर एक पुजारीको हत्या भएकाे छ ।
प्रहरीका अनुसार रौतहटको माधवनारायण नगरपालिका-२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई बुधबार राति ९ बजे अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।
मन्दिर अगाडि खाना खाने तयारी गरिरहेका बेला पुजारी साहलाई कन्चटमा गोली हानिएकाे हाे ।

गोली लागेर उनकाे घटनास्थलमै मृत्यु भएको राैतहट जिल्ला प्रहरीका कार्यालयका प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।
घटनालगतै जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्का, डीएसपी ज्ञानकुमार महतोसहितकाे प्रहरी टोली घटनास्थलतर्फ गएकाे छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।