भारतमा महिला डाक्टरको बीभत्स हत्या

International

भारतमा महिला डाक्टरको बीभत्स हत्या भएको छ । नयाँ दिल्लीमा बस्ने डा योगिता गौतमको हत्या भएको छ । भारतीय संचारमाध्यमका अनुसार गौतम मंगलबार बेपत्ता थिइन् । उनको शव बुधबार बिहान सहरदेखि टाढा डौकी थाना क्षेत्रको बमरौली कटाराको खाली ठाउँमा फेला परेका छ । उनको मृतकको टाउको र घाँटीमा चोट छ ।

उरई जालौन मेडिकल कलेजका मेडिकल अफिसर डाक्टर विवेक तिवारीले योगिताको हत्या गरेको आरोप लगाएका छन् । किनकि उनले पहिलेदेखि नै योगितालाई मार्ने धम्की दिइरहेका थिए । घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।