भारतीय सञ्चारमाध्यमका अनुसार चीन लिपुलेकमा मिसाइल तैनाथ गर्न लागेको छ । जमीनबाट हावामा निशाना लगाउन सक्ने मिसाइल चीनले तैनाथ गर्न लागेको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । चीनले मानसारोवर र लिपुलेकमा मिसाइल तैनाथ गर्नको लागि साइटको निर्माण कार्य शुरु गरेको भारतीय मिडियाहरुको दाबी छ । ट्वीटरमा ओपन सोर्स इन्टेलिजेस डिट्रेस्फाले एक स्याटेलाइट फोटो सार्वजनिक गरेको छ । यस ट्वीटमा लेखिएको छ कि, चीन लिपुलेकमा ट्राइ जंक्शन एरियामा मिसाइल राख्ने ठाउँ निर्माण गरिरहेको छ । उक्त रिपोर्टका अनुसार त्यहाँ सैनिक पनि तैनाथ रहेका छन् । १०० किलोमिटरको क्षेत्रफलमा चीनका सेनाले आफ्नो सक्रियता बढाएको भारतीय मिडियाको दाबी छ । चीन सक्रिय बनेको भन्दै भारतमा तरङ्ग पैदा भएको छ । चीनले लिपुलेक नजिकमा आफ्ना १ हजार सेना तैनाथ गरेको बताइएको छ ।
Indian media reports suggest #China has been actively deploying troops near the #India–#China–#Nepal tri-junction border area, an initial investigation reveals additional infrastructural upgrades ongoing in the area supporting the claims #IndiaChinaStandoff pic.twitter.com/Nr0wXiL99X
— d-atis☠️ (@detresfa_) August 20, 2020