हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा १२ हजार ७६८ मेट्रिकटन तथा निजी क्षेत्रसँग ८५ हजार मेट्रिकटन गरी ९५ हजार २६९ मेट्रिकटन खाद्य सामग्री मौज्दात छ ।
सरकारी कम्पनीसँग ९४७ मेट्रिकटन तथा निजी क्षेत्रसँग १५ हजार मेट्रिकटन गरी १५ हजार ९४७ मेट्रिक टन चिनी रहेको छ ।
यस्तै, सरकारसँग हाल एक लाख ३१ हजार मेट्रिकटन नुन छ । आठ महिनालाई पुग्ने नुन रहेको सरकारी दाबी छ ।
खानेतेल निजी क्षेत्रसँग ७५ हजार ४५० मेट्रिकटन तथा गेडागुडी २० हजार ५२ मेट्रिकटन मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।
यो महिनासम्म १० हजार मेट्रिकटन चामल खरिदको तयारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गरेको छ ।
भदौको अन्तिमसम्म चामल १० हजार मेट्रिकटन थपिने र २० हजार मेट्रिकटन पुग्ने र चाहिएकै परिमाणमा खाद्य सामग्री उपलब्ध गराउनसक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
साल्ट ट्रेडिङले २० हजार टनका लागि सरकारबाट स्वीकृति पाएको र ठेक्का सम्झौता पनि भइसकेकोले डेढ महिनाभित्रै सो चिनी नेपाल भित्रिने जनाएको छ ।
पछिल्लो समय पार्टी प्यालेस तथा होटल खुल्न नसक्दा पनि खाद्य सामग्रीको खपत न्यून रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । चाडबाडमा खाद्य सामग्री अभाव हुन नदिने उसको दाबी छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका पाँच स्थानबाट खाद्य सामग्री बिक्री गरिरहेको जानकारी दिएको छ ।