तरकारी आयातमा निषेधाज्ञा प्रभाव

News

तरकारीको ठूलो खपत हुने काठमाडौं उपत्याकामा निषेधाज्ञा सुरु भएपछि कालीमाटी तरकारी बजारमा तरकारी लगायतको वस्तु आयातमा ह्रास आएको छ । दैनिक ६ लाख किलो हाराहारी तरकारी भित्रिने बजारमा बिहीबार एक लाख ४० हजार किलो मात्रै तरकारी भित्रिएको बजार विकास समितिमा सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।

बुधबार बजारमा ५ लाख १६ हजार किलो तरकारी भित्रिएको थियो । बुधबार ५४ हजार किलो फलफूल भित्रिएको बजारमा बिहीबार ११ हजार किलो मात्रै फलफूल भित्रिएको छ । यस्तै बजारमा आज माछा नभित्रिएको बजार विकास समितिले जनाएको छ ।

बजार खुल्ने अनिश्चिततता र निषेधाज्ञाको डरले छिमेकी जिल्लाबाट तरकारी भित्रिन कम भएको बजार विकास समितिले जनाएको छ ।