काठमाडौं : सिभिल अस्पतालका स्वास्थ्यकर्मीलाई नयाँ बानेश्वरको मिलन चोकका केही स्थानीयबासीले होस्टलमा जानबाट रोकेका छन्। स्वास्थ्यकर्मी राख्न भाडामा लिइएको होस्टलमा छिर्न नदिन काठमाडौं महानगरपालिका-३१ का स्थानीयले अवरोध गरेका हुन्।
अस्पतालले आफ्ना चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई आवास सुविधाका लागि भाडामा भवन लिएको थियो। टोलमा कोरोना संक्रमण फैलिने भन्दै स्थानीयले अवरोध गरेका हुन्।
कोरोना महामारीको समयमा ‘फ्रन्टलाइन’मा काम गर्ने चिकित्सकको आत्मबल बढाउनु पर्ने समयमा स्थानीयले अवरोध गरेर मनोबल गिराउने काम गरेका छन्। सरकारले बारम्बार स्वास्थ्यकर्मीको मनोबल उच्च पार्न र सहयोग गर्न सर्वसाधारणसँग आग्रह गर्दै आएको छ।