हङकङमा एकै व्यक्ति दुई पटक कोरोना भाइरसबाट संक्रमण पुष्टि भएको छ । हङकङमा एक ३० वर्षीय युवामा साढे ४ महिनाको अन्तरालमा दोस्रो पटक कोरोना संक्रमण भएको पाइएको बीबीसीले जनाएको छ । बैज्ञानिकहरुले यसलाई संसारकै पहिलो घटना भनेका छन् ।
ती व्यक्ति कोरोना संक्रमण ठीक हुनुभन्दा अगाडि १४ दिनसम्म अस्पतालमै थिए । संक्रमण निको भएपछि उनी घर फर्किए । तर एयरपोर्टमा स्वास्थ्य जाँच गर्दा उनमा दोस्रो पटक कोरोना संक्रमण पुष्टि भयो । उनमा कोरोना संक्रमणको कुनै पनि लक्षण थिएन ।