किरिया गराउने पण्डित सहित मलामी गएका ९० प्रतिशतलाई देखियो कोरोना

News

रूपन्देहीको बुटवलमा एक जना महिलाको मलामी गएका ९० प्रतिशतलाई को’रोनाको सं’क्रमण देखिएको छ।साउन १८ गते बुटवल उपमहानगरपालिका- ११ कालिकानगरकी ती ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृ’त्यु भएको थियो।

उनी क्यान्सरको उपचारका लागि अस्पतालमा आएकी थिइन्। मृ’त्युपछि परिवारले को’रोना परीक्षण गर्न पर्छ कि भनेर सोधेका थिए। किमोथेरापीको क्रममा हृ’दयघातले मृ’त्यु भएको भन्दै अस्पतालले को’रोना परीक्षण नगरी पठाइदियो।

सामान्य मृत्युजस्तै ठानेर उनका छिमेकी र नातागोता मलामी गए। उनको दा’हसंस्कार गरेर आएको केही दिनमै मृ’तकका देवरलाई को’रोनाको जस्तै लक्षण देखिए। शं’का लागेर जाँच्दा साउन २२ गते उनको को’रोना रिपो’र्ट पोजेटिभ आयो।

मृतकका देवरमा को’रोना पोजिटिभ देखिएपछि दाहसंस्कारमा सहभागी भएकाहरूले परीक्षण थाले। बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईका अनुसार ती महिलाका देवर नेकपाका स्थानीय कार्यकर्ता हुन्।

केही समयअघि उनी पार्टी कार्यालय पनि आएका थिए। उनलाई को’रोना संक्रमण पुष्टि भएपछि पार्टी कार्यालय सि’ल गरिएको थियो।भट्टराईका अनुसार पछि ती महिलाको मलामी गएकाहरूले पनि परीक्षण गराउन थालेका थिए।अहिलेसम्म ४५ जनाको स्वाब परीक्षण गर्दा ९० प्रतिशतमा कोरोना पोजिटिभ देखिएको छ,’ भट्टराईले भने।

मृतक महिलामा कोरो’ना भएका कारण अरूमा सर्‍यो कि उनका देवरबाट अरूलाई संक्रमण फैलियो भन्ने एकिन भइसकेको छैन। भरतपुर क्यान्सर अस्पतालले ती महिलाको उपचारमा संलग्न चिकित्सक वा अन्य स्वास्थ्यकर्मीमा सं’क्रमण देखिएको पुष्टि गरेको छैन।

सो घटनापछि बुटवलमा को’रोनाको संक्रमण समुदायस्तरमा भूसको आ’गोजसरी फैलिएको सरोकारवालाहरूले बताएका छन्।जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका को’रोना फोकल पर्सन केदारनाथ शाहले बुटवलमा कोरोना संक्रमण समुदायमै पुगिसकेको र यसको नियन्त्रणको लागि एकअर्का बीचको सम्पर्कलाई टुटाउनु पर्ने बताए।

थपिएकामध्ये अधिकांश तीनै मृतक महिलाका आफन्त तथा टोलछिमेक र अन्त्येष्टिमा सहभागी छन्। उनको किरिया गराउने पण्डितलाई समेत को’रोना सं’क्रमण पुष्टि भएको छ।बुटवलमा फैलिएको सं’क्रमणको असर छिमेकी पालिका तिलोत्तमा, सैनामैना, देवदह र सिद्धार्थनगरमा पनि परेको छ।

पहिलो चरणको लकडाउनको अवधिमा भारतीय खुल्ला सीमाना बेलहिया हुँदै भारतबाट आएका हजारौं नेपाली र पैदल हिँड्दै आएका मेचीदेखि महाकालीसम्मका मजदुरलाई आश्रय दिएको बुटवलले संक्रमणबाट आफूलाई जोगाएको थियो।

साउन २२ गतेसम्म जिल्लाभर कुल ३ सय ५० जनामा सं’क्रमण पुष्टि हुँदा सबैभन्दा बढी जनसंख्या रहेको र दैनिक मानिसको चाप रहने बुटवलमा जम्मा २७ जना संक्रमित थिए। शुक्रबारसम्म आइपुग्दा भने जिल्लाभर संक्रमितको संख्या ६ सय १० पुग्दा बुटवलमा मात्रै १ सय ४४ पुगेको छ।

श्रोत: सेतोपाटि