हङकङ्गमा अप्रिलको महिनामा कोरोना संक्रमण मुक्त भएका एक व्यक्ति फेरि संक्रमित भएको पाइएको छ । वैज्ञानिकहरु भन्छन्, केहि महिना पछि फेरि संक्रमित भएको यो विश्वकै पहिलो केस हो । ३३ वर्षका यी व्यक्ति एयरपोर्ट स्क्रिनिङबाट फेरि संक्रमित भएको पाइएको हो । उक्त व्यक्ति यूरोपबाट हङकङ्ग गएका थिए । हङकङ्ग विश्वविद्यालयका शोधकर्ताहरुले जीनोमिक सिक्वेन्सबाट उक्त व्यक्ति दुई फरक फरक स्ट्रेनबाट संक्रमित भएको पत्ता लगाएका छन् । शोधकर्ताहले दोश्रो पटक संक्रमण हुँदा भने केहि लक्षण नदेखिएको बताएका छन् । जसबाट थाहा पाउन सकिन्छ कि, दोश्रो पटकको संक्रमण साधारण हुन्छ । यो स्टडी क्लिनीकल इन्फेक्शियस डिजीज नामक पत्रिकामा प्रकाशित भएको थियो । स्टडीका मुख्य लेखक क्वोक यूंग यूएन र उनका सहयोगीले भने, ‘हाम्रो नतिजाबाट सार्स कोभिड २ मानिसमा रहिरहन सक्ने कुरा पत्ता लागेको छ ।’इम्यूनिटी विकसित भए पनि एकबाट अर्कोमा फैलिन सक्ने उनीहरुको भनाई छ ।