बुटवलमा १३ जना थुनुवा संक्रमित

News

बिभिन्न अभियोगमा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा हिरासतमा राखिएका १३ जना थुनुवाहरूमा कोरोना संक्रमण पुष्टि भएको छ ।

हिरासतमा रहेका १३ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएकोमा ३ जना हिजै छुट्ने मध्येका रहेका रुपन्देही प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले बताउनु भयो ।

डिएसपी खत्रीका अनुसार थुनुवालाई स्थानीय तहसँग समन्वय गरी आइसोलेशन केन्द्रमा पठाइने छ भने सम्पर्कमा आएका प्रहरीहरुलाई क्वारेन्टिनमा पठाउने तयारी गरिएको छ ।

थुनुवामा संक्रमण पुष्टि भएलगत्तै उनीहरुको सम्पर्कमा आएका प्रहरी तथा अन्य थुनुवालाई अलग गरिएको छ ।